• ३ साउन २०८३, आइतबार
  • ३:५१ बेलुका

थप १५० भन्दा बढी आरोही पुगे सगरमाथाको चुचुरोमा

प्रकाशित मिति

२०७८ जेष्ठ ९ गते, आईतवार ११:४६

काठमाडौं: शनिबारबाट मौसममा सुधार भएसँगै सगरमाथा आराहण धमाधम भइरहेको छ । पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार शनिबार राति नै चुचुरोतर्फ लागेका थिए । त्यसमध्ये १ सय ५० भन्दा बढी आरोहीले चुचुरो चुमिसकेको खबर आएको उनले जनाए ।


‘यो पाली ठूलो टोली गएको छ, संख्या यकिन भइसकेको छैन, उनले भने, ‘१ सय ५० भन्दा बढीले चढिसकेका छन्, थप आरोही माथि जाँदैछन् ।’ श्रेष्ठका अनुसार आइतबार सगरमाथाको मौसम राम्रो छ । सोहीकारण आरोहीलाई सहज समेत भएको छ ।

Kamana Sewa

आरोहण सकिएपछि यो टोली तल झर्नेछ । त्यसपछि पुनः अर्को टोलीले भने आगामी साता मात्र आरोहणको योजना बनाउने छ । आजपछि अब २८र२९ तारिखमा मात्र मौसम अनुकुल हुने श्रेष्ठले जानकारी दिए । ल्होत्सेमा तीन भारतीयसहित ७ आरोहीको सफल आरोहण

Classic Tech Desktop

ल्होत्से हिमाल (८५१६ मिटर) मा तीन जना भारतीयसहित ७ आरोहीले सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक प्रालिका अनुसार यो टोलीले साढे ६ देखि साढे ९ बजेको बीचमा चुचुरो चुमेको छ ।

प्रतिकृया