• ४ साउन २०८३, सोमबार
  • २:५२ बिहान

सनराइज बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

प्रकाशित मिति

२०७८ बैशाख ९ गते, बिहीबार ०६:२०

काठमाडौं : सनराइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका ६, ठुला दुर्लुङ र सप्तरीको खड्क ११, बनौलीमा शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड प्रयोग गरी निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्ने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया