• ३ साउन २०८३, आइतबार
  • ३:४९ बेलुका

रिलायबलद्वारा हालसम्मकै उच्च ४ करोड बीमा दावी भुक्तानी हस्तान्तरण

प्रकाशित मिति

२०७८ बैशाख ९ गते, बिहीबार ०६:१६

काठमाडौं  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हालसम्मकै उच्च बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले रिलायबल सुलभ जीवन बीमा गरेका बिमित हरीप्रसाद पन्तको हृदयघातबाट मृत्यु भएकोमा एक कार्यक्रमका बीच उनकी श्रीमती परु देवि पन्तलाई ४ करोड रुपैयाँ मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरिएको हो ।

Kamana Sewa

उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा दावी भुक्तानी पाइँदैन, झन्झटिलो प्रकृया छ भन्ने कथनलाई रिलायबल लाइफले गलत सावित गरेको बताए ।

Classic Tech Desktop

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमाबाट आर्थिक सुरक्षा गर्ने उदाहरण यस दावी भुक्तानीबाट लिन सकिने बताए ।

कम्पनीले हालसम्म परेका दावी भुक्तानी मध्ये ९९ प्रतिशत दावी भुक्तानी गरिसकिएको उल्लेख गरेको छ ।

प्रतिकृया