• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

नागढुंगाबाट लागु औषधसहित २ जना पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार ०६:०३

काठमाडौं :  लागु औषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ । सर्लाही घर भएका यज्ञबहादुर श्रेष्ठ र बारा घर भएका धर्मेन्द्र माझीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सोमबार बिहान सर्लाहीबाट काठमाडौं आएको ग.१ख ८७८७ नम्बरको बसमा २३ वर्षीय श्रेष्ठ लागु औषध लिएर काठमाडौं आएका थिए । बाराबाट काठमाडौं आएको बा.३ख ६१४३ नम्बरको बसमा १९ वर्षीय माझीले लागु औषध ल्याएका हुन् ।

Kamana Sewa

उनीहरुको साथबाट महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले १ हजार ४ सय ५० एम्पुल लागु औषध बरामद गरेको छ । नाइट्राभेट ५ सय ४० ट्याब्लेट, डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नुर्फिन ३ सय एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया