• 5:57 pm

धादिङमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरियो

प्रकाशित मिति

२०७७ चैत्र ६ गते, शुक्रबार ०२:४२

काठमाडौँ: धादिङमा फागुनको तेस्रो साता एक महिलालाई जिउँदै पुरेर मारिएको पाइएको छ। त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई घटना लुकाउन जिउँदै पुरिएको दावी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सी आईबीले गरेको छ । ४५ वर्षीया सरस्वती कुमाललाई फागुन १७ गत‍े जिउँदै खाल्डोमा पुरेर मारिएको हो।

घटनामा संलग्न भएको आरोपमा डोजर चालक दाङका भीमबहादुर बुढाथोकी पक्राउ परेका छन् । ठक्करबाट खाल्डोमा परेकी ती महिलालाई त्यसपछि चालक बुढाथोकीले वरिपरिबाट माटोले पुरिदिएको सीआईबीको दावी छ।

प्रतिकृया