• ४ साउन २०८३, सोमबार
  • ५:०२ बिहान

पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड-नेपालले लगाए कोभिड–१९ विरुद्धको खोप

प्रकाशित मिति

२०७७ फाल्गुन १९ गते, बुधबार ०४:०९

काठमाडौँ : पूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपाललेले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाउनुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उहाँहरुले कोरोनाविरुद्धको पहिलो खोप लिनुभएको हो ।

आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापनलगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गर्नुभएको थियो ।

Kamana Sewa

प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुुरु हुने सातौँ अधिवेशनमा सहभागी हुुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ ।

Classic Tech Desktop

 

प्रतिकृया