• ३ साउन २०८३, आइतबार
  • ३:५१ बेलुका

नेपाल लाइफको ५१ प्रतिशत लाभांश र ‘स्टक स्प्लीट’ प्रस्ताव पारित

प्रकाशित मिति

२०७७ माघ २८ गते, बुधबार १२:२६

काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश तथा ‘स्टक स्प्लीट’ को प्रस्ताव पारित गरेको छ।

माघ २८ गते बुधबार होटल भिष्वा, वीरगञ्जमा सम्पन्न कम्पनीको बिसौँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

Kamana Sewa

कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको शेयरलाई ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव साधारणसभा बाट पारित भएपनी सम्बन्धित नियामक निकायबाट स्वीकृत भएमा मात्र लागू हुने कम्पनीले जनाएको छ।

Classic Tech Desktop

उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट प्रस्तावित ५१ प्रतिशत लाभांश पारित गरेको छ। कम्पनीले ३१ प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव राखेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड रहेकोमा लाभांश वितरण पश्चात ७ अर्ब १९ करोड हुनेछ। कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्तसम्ममा कुल १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार माघ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्नेछन्।

प्रतिकृया