नेपाली १० पर्वतारोहीले हिउँदमा ‘केटू’ हिमालको आरोहण गरी इतिहास रचे
प्रकाशित मिति
२०७७ माघ ४ गते, आईतवार ०९:२१

काठमाडौँ– नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित ‘माउनट केटू’को सफलतापूर्वक आरोहण गरी इतिहास रचेका छन् ।
विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जा नेतृत्वमा रहेका १० नेपाली आरोहीले सफलतापूर्वक आरोहण गरेका हुन ।
पर्वतारोहीका लागि सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू ९८,६११ मिटर० मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि सफलता हासिल गरेका थिएनन ।
यसपटक पुर्जासहित १० नेपाली आरोहीले सफलतापूर्वक आरोहण गरी रेकर्ड बनाएका हुन् ।
सफलतापूर्वक आरोहण गर्नेमा पुर्जासहित मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन् ।
केटू हिमालको चुचुरोमा नेपाली राष्ट्रिय गान गाउनुका साथै राष्ट्रिय झण्डा फहराएको पर्वतारोही पुर्जाले इन्स्टाग्राममा लेखेका छन् ।
निर्मल पुर्जाले , ‘मानव जातीको यो इतिहासको हिस्सा हुन पाउँदा हामीलाई गर्व छ । यसले यो प्रमाणित हुन्छ कि सँगै मिलेर र एक सकारात्मक मानसिक उद्देश्यसहित सीमालाई तोड्न सकिन्छ । हामीले जे महसुस गर्छौं, त्यो पाउन सकिन्छ ।’
पहिलो पटक सन् १९८७–१९८८ मा केही विन्टर पर्वतारोहीले केटु आरोहण गर्ने कोसिस गरेका थिए तर अहिलेसम्म कुनै पनि पर्वतारोहीले गर्न सकेका थिएनन् ।-एजेन्सी
तस्वीर निर्मल पूर्जाको फेसबुकबाट
Our team reached to Camp 2 today and it was a wreckage site. We found that both our tents and all equipments that we had left here for the summit plan are all destroyed and swept away by the wind. pic.twitter.com/Way5drhFCL
— Nirmal Purja MBE (@nimsdai) January 10, 2021
प्रतिकृया