• ४ साउन २०८३, सोमबार
  • ३:३१ बिहान

आइफेल टाबर १०४ दिनपछि खुल्यो

प्रकाशित मिति

२०७७ असार ११ गते, बिहीबार ०३:३९

एजेन्सी, कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टाबर १०४ दिनपछि पहिलोपटक आजदेखि पुनः खोलिएको छ । विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।

बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टाबरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टाबरको लिफ्ट भने बन्द गरिने छ ।

Kamana Sewa

प्रतिकृया