• ४ साउन २०८३, सोमबार
  • ९:५५ बेलुका

कतारबाट १ सय ५८ जना नेपाली स्वदेश फर्किए

प्रकाशित मिति

२०७७ असार ११ गते, बिहीबार ०३:०४

कठमाडौं, कतारबाट बिहीबार बिहान १ सय ५८ जना नेपाली स्वदेश फर्किएका छन् । कतारबाट नेपाली लिएर उडेको हिमालय एयरलाइन्सको विमान बिहान ९ बजेर ७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको तेस्रो उडानमार्फत ३ जना गर्भवती, ७ जना सुत्केरी, दुई जना नाबालक र १ सय ४६ जना पुरुष रहेका छन् ।

Kamana Sewa

प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडानमार्फत काठमाडौं पठाइएको दूतावासले जनाएको छ । कतारको दोहस्थित हमाद अन्तर्राष्ट्रिय विमान स्थलबाट कतारको समय अनुसार बिहीवार बिहान २ बजेर ७ मिनेटमा उडेको थियो ।

Classic Tech Desktop

उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्न दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

प्रतिकृया