• २१ भदौ २०८३, आइतबार
  • ५ः०८ बेलुका

अष्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्‍न शिक्षामन्त्रीको निर्देशन

प्रकाशित मिति

२०७६ चैत्र २२ गते, शनिबार ०४:२१

काठमाडौं, अष्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन्।

National Life

उनले अष्ट्रेलियामा रहेका विद्यार्थीबारे परराष्ट्र मन्त्रालय र अष्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।

अहिले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको संख्या ५८ हजार छ। कोरोना भाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ।

Classic Tech Desktop

प्रतिकृया