• २२ भदौ २०८३, सोमबार
  • ६ः१६ बेलुका

कालिमाटी खुद्रा बजार आजदेखि बन्द, थोक बजारमा चार पाङ्ग्रे ढुवानीलाई मात्र प्रवेश

प्रकाशित मिति

२०७६ चैत्र २२ गते, शनिबार ०४:०४

काठमाडौं, कालीमाटी तथा तरकारी बजार विकास समितिले शनिबारदेखि कालीमाटी फलफूल तथा तरकारी बजारभित्र खुद्रा किनमेल र किसान बजार बन्द गरेको छ । कालीमाटी तरकारी बजार भित्र दुईपांग्रे सवारीसाधन प्रवेशसमेत रोक लागाइएको कालीमाटी तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

National Life

कालीमाटी तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खुद्रा पसल र दुईपांग्रे सवारीसाधका कारण तरकारी बजारमा अत्यधिक भीड भएको भन्दै बजार व्यवस्थित गर्न आजबाट खुद्रा बजार बन्द र दुईपांग्रे सवारीसाधन प्रवेश समेत रोक गर्ने निर्णय गरिएको बताए ।

लकडाउन भएपनि तरकारी लगायतका खाद्य सामाग्री किनमेल गर्न केही समय बजार खुला गर्ने सरकारले निर्णय गरेको थियो । तर तरकारी बजारमा सर्वसाधारणको भीड भएसँगै समितिले पैदलयात्रु र फुटकर उपभोक्तालाई समेत प्रवेशमा रोक लगाएको छ । चैत १६ देखि कालीमाटी तरकारी बजार होलसेल खरिद बिक्रीका लागि बिहान दुईदेखि सात बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ पाँच देखि सात बजेसम्म खुल्ला हुँदै आएको थियो ।

Classic Tech Desktop

प्रतिकृया