• ४ साउन २०८३, सोमबार
  • ३:३१ बिहान

नेपालमा हाई अलर्ट, आजदेखि अधिकांश अन्तराष्ट्रिय उडान रद्द

प्रकाशित मिति

२०७६ चैत्र ६ गते, बिहीबार ०६:५५

काठमाडौं । कोरोना रोकथामको उपायस्वरुप सरकारले कारोना प्रभावित ५५ मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका देशसहित विश्वका ५५ देशबाट आउने यात्रीलाई शुक्रबारदेखि नेपाल आगमनमा रोक लगाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र केदार दाहालले लेखेका छन्।

Kamana Sewa

यो बन्देज १७ वैशाख ०७७ सम्म लागू हुनेछ। यी मुलुकमा रहेका नेपाली पनि सो अवधिसम्म स्वदेश फर्कन पाउने छैनन्। तर, कोरोनाबाट प्रभावित चीन, भारत, थाइल्याण्ड, सिंगापुर, अस्टेलिया र अमेरिकी मुलुकबाट भने नेपाल आउन भने बन्देज छैन।

Classic Tech Desktop

चीन र भारतबाट उपभोग्य बस्तु पनि आयात गर्नुपर्ने हुनाले आवगमन ठप्प गर्न अव्यवहारिक हुने सरकारी स्रोतको तर्क छ। सरकारले एसइईसहितका सबै परीक्षा स्थगित गरेको छ भने सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

त्यसैगरी १८ वैशाखसम्म फिल्महलदेखि डिस्को र डान्सबार बन्द गरेको छ भने २५ जना भन्दा धेरै एकैठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको छ।

प्रतिकृया