• ४ साउन २०८३, सोमबार
  • ९:५५ बेलुका

इटाली कोरोना भाइरस: एकै दिन ४ सय ७५ को मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र ६ गते, बिहीबार ०७:२८

एजेन्सी । कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । बुधबार राति ११ बजेसम्म एकै दिन इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २९ सय ७८ पुगेको छ। यो चीनपछि दोस्रो ठूलो संख्या हो।

Kamana Sewa

इटालीसमा हालसम्म ३५ हजार ७१३ जना संक्रमित भएका छन्। बुधबार राति सम्म मात्र एकै दिन ४ हजार २ सय ७ जना नयाँ संक्रमित फेला परेका छन्।

Classic Tech Desktop

बुधबार इटालीपछि इरानमा सबैभन्दा धेरैको मृत्यु भएको छ। इरानमा बुधबार १ सय ४७ जनाको मृत्यु भएको छ।

त्यहाँ मृत्यु हुनेको संख्या ११ सय ३५ पुगेको छ। इरानमा हालसम्म १७ हजार ३६१ जना संक्रमित भएका छन्। त्यस मध्ये बुधबारमात्र ११ सय ९२ जना संक्रमित भएका हुन्।

यस्तै स्पेनमा बुधबार ९० जनाको मृत्यु भएको छ। त्यहाँ कुल मृत्यु हुनेको संख्या ६२३ पुगेको छ । स्पेनमा हालसम्म १३ हजार ९ सय १० जना संक्रमित भएकोमा बुधबारमात्र २ हजार ८४ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिकृया