• 4:29 pm

काठमाडौं विश्वविद्यालयले चैत मसान्तसम्म पठन-पाठन बन्द गर्ने (सूचनासहित)

प्रकाशित मिति

२०७६ चैत्र ६ गते, बिहीबार ०६:४६

काठमाडौं । काठमाडौं विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आजबाट चैत मसान्तसम्म सम्पूर्ण पठन–पाठनका क्रियाकलाप बन्द हुने बताएको छ ।

विश्वविद्यालयले विहीबार सूचना जारी गर्दै नेपाल सरकारको निर्णय अनुसार आजबाट लागू हुने गरी चैत मसान्तसम्म पठनपाठन बन्द हुने जनाएको हो ।

त्यस्तै प्रशासनिक कामहरु भने अर्को सूचना जारी नहुन्जेल सुचारु हुने जनाएको छ ।

विश्वविद्यालयले परीक्षाका विषयमा भने शुक्रबार सबैलाई सूचित गरिने जनाएको छ ।

प्रतिकृया