• ४ साउन २०८३, सोमबार
  • ३:३१ बिहान

‘भिजिट मधेश–२०२० एण्ड बियोण्ड’ २२ वटै जिल्लामा सम्पन्न

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ०३:२४

काठमाडौं,  ‘भिजिट मधेश–२०२० एण्ड बियोण्ड’ को उद्घोष तथा अन्तरक्रिया कार्यक्रम तराई र मधेशका २२ वटै जिल्लामा सफलता पूर्वक सम्पन्न भएको छ ।उक्त अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सराफले दिएको जानकारी अनुसार आफूहरुले घोषणा गरेको उद्घोष तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । उनकाअनुसार उक्त कार्यक्रम पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म आयोजना गरिएको थियो ।

Kamana Sewa

नेपाल आएका विदेशी पर्यटकहरुको कम्तिमा एक तिहाईलाई मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । विगत अढाई वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्षपनि निरन्तरता दिएको छ । ‘भिजट मधेशबिना भिजिट नेपाल अपुरो’ हुने आयोजको विश्वास छ ।

Classic Tech Desktop

तराईरमधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने ‘भिजिट मधेस नेपाल’ अभियान नागरिकस्तरबाट बिगत २ वर्षदेखि जारी रहेको आयोजकले जनाएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘यसले नेपालभित्र रहेका तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभुषा एवं बिशेषताहरुलाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरि राष्ट्रिय र अन्तर्रा्िष्ट्रयस्तरमा प्रर्वद्धन एवं चिनाउदै अगाडि बढिरहेको छ । यो अभियानको लागि तराई मधेसको २२ वटै जिल्लामा जिल्ला, प्रदेश एवं राष्ट्रियस्तरको टिम स्वयंसेवकको रुपमा पर्यटनमैत्री वातावरण निर्माणमा लागेका छन्।

साथै टिमहरुले आफ्नो जिल्ला, गाउँ–ठाउँका पर्यटकीय गन्तव्यहरुको बारेमा अध्ययन तथा अनुसन्धान र प्रचारप्रसार गर्ने कामहरू गरिरहेका छन् ।’ आयोजकका अनुसार अहिलेसम्म १२ वटा अन्य देशहरुमा पनि ग्लोबल रुपमा टिमहरु प्रवर्द्धनमा लागेका छन्।

आन्तरिक एवं बाह्य पर्यटकहरुको सुबिधाको लागि भिजिट मधेसको डिजिटल प्लेटफर्म visitmadhesh.com एवम् visitmadhesh को मोबाइल एप्स पनि तयार गरिएको र सो डिजिटल प्लेटफर्मबाट सेवाहरु बुकिङ, खरिद र बिक्री गर्नसक्ने अत्याधुनिक सुबिधा रहेको आयोजकको भनाई छ ।  यो अभियानको ग्लोबल कोर्डिनेटर प्रमोद राज सरार्फ छन् भने नेसनल कोअर्डिनेटरको रुपमा ओमप्रकाश सरार्फले नेतृत्व गरेका छन् । कार्यक्रममा भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले तराईरमधेशको पर्यटन प्रर्वद्धनबिना समग्र नेपालको पर्यटन क्षेत्रको विकास र समृद्धि असम्भव रहेको बताएका छन् ।

क्लबमा आयोजित उक्त कार्यक्रममा भिजिट मधेश नेपालका ग्लोबल कोअर्डिनेटर प्रमोद राज सर्राफले प्रविधिलाई भरपुर उपयोग गरेर भिजिट मधेश नेपाल अभियानलाई अघि बढाएको स्पष्ट पारेका थिए । उनले त्यतिवेला भनेका थिए,‘आजको युग २१औं शताब्दीको युग भएकोले यो शताब्दी भनेको प्रविधिको युग हो । प्रविधिको उपयोग गरेर हामीले कुनैपनि क्षेत्रको विकास, उत्थान, गर्न सक्छौं । थोरै समय खर्चिएर चाँडै काम सम्पन्न गर्न सक्छौं ।’

राष्ट्रिय संयोजक सराफले आफूहरुको अभियानमा साथ, सहयोग र सहकार्य सबैलाई धन्यवाद दिएका छन् । उनकाअनुसार २२ वटै जिल्लामा आफूहरुलाई न्यानो आतिथ्यता प्रदान गरिएको थियो । उनले भने,‘हामीले यो कार्यक्रम लिएर जहाँ जहाँ पुग्यौं, त्यहाँका जनतामा पनि निकै उत्साह देखिएको थियो । उहाँहरुले यो अभियानप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । हामी सबैप्रति आभारी छौं ।’

   

प्रतिकृया