• ४ साउन २०८३, सोमबार
  • १:११ बिहान

‘ए मेरो हजुर ४’ मा फेरी अनमोल र सुहाना

प्रकाशित मिति

२०७६ पुष २३ गते, बुधबार १२:०५

अभिनेता अनमोल केसीले कुनै फिल्ममा कुनै अभिनेत्रीसँग दोहोर्‍याएर काम गरेका थिएनन् तर अभिनेत्री सुहाना थापाका लागि पहिलो पटक आफ्नो नियम तोडेका छन् ।

‘ए मेरो हजुर ३’ मा नयाँ अनुहार देखिएकी सुहानासँग अनमोलले पहिले फिल्म बनाइ सकेका छन् । अब बन्ने ‘ए मेरो हजुर ४’ मा पनि फेरी अनमोलले सुहानासंगै दोस्रो फिल्ममा अभिनाय गर्ने भएका छन् । ‘ए मेरो हजुर ४’ को आउँदो माघबाट छायांकन सुरु गर्ने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।

Kamana Sewa

‘ए मेरो हजुर ४’ को लागि अमेरिकामा अध्ययनरत सुहाना शनिवार नेपाल आइसकेकी छिन् । सुहाना र अनमोलबीच भेटघाट भएको तस्विर निर्देशक झरना थापाले आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै क्याप्सनमा लेखेकी छन्, ‘आउ हात समाइ भागौं । ध्रुवतारापछि जाऊँ । तिमी र म । आकाशमै आउ हराऊँ । बादलको पारी जाऊँ । तिमी र म ‘ए मेरो हजुर ४’ ।’

Classic Tech Desktop

प्रतिकृया