• ४ साउन २०८३, सोमबार
  • १:४७ बिहान

भ्रमण बर्षको उद्घाटनले यि स्थानमा यातायात प्रभावित हुने

प्रकाशित मिति

२०७६ पुष १६ गते, बुधबार ०२:३१

काठमाडौं, आजबाट भ्रमण वर्ष २०२० को सुरु भएको छ। भ्रमण बर्षको उद्घाटनपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण बुधबार काठमाडौं उपत्यकाको आवागमन प्रभावित हुने भएको छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ ।

दिउँसोको समयमा ठमेलबाट र्‍यालि निस्केर रंगशालासम्म जाने भएकाले वैकल्पिक रुट प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणमा अनुरोध समेत गरेको छ । पार्किङका लागी निश्चित स्थान तोकेको छ । महाशाखाले अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ।

Kamana Sewa

प्रतिकृया