• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

नगरकोटबाट नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ

प्रकाशित मिति

२०७६ पुष १६ गते, बुधबार ०१:५८

भक्तपुर, नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को भक्तपुर र काभ्रे जिल्लाको संगम स्थल नगरकोटबाट भव्य शुभारम्भ गरिएको छ । मन्त्री विश्वकर्माले आज विहान ६ बजे झंड़ोतोलन गरी शुभारम्भ गर्नु भएको थियो ।

Kamana Sewa

नगरकोट नालदुन पर्यटन विकास समितिको व्यवस्थपन तथा जिल्ला समन्यव समिति भक्तपुर तथा काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा भएको महोत्सवको युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवारले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले महोत्सवले पर्यटन क्षेत्रको विकास मार्फत आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

Classic Tech Desktop

कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर विकासको तिब्र गतिमा लम्किरहेको सन्दर्भमा पर्यटन क्षेत्रलाई पनि महत्वपुर्ण जगको रुपमा स्थापित गर्नु पर्ने बताउनुभयो ।

नगरकोट नालदुन पर्यटन विकास समितिका उपाध्यक्ष धन बहादुर लामाले पर्यटकिय हिसकले राष्ट्रिय अन्तराष्ट्रिय चासोको रुपमा रहेको नगरकोट क्षेत्रको पर्यटन पबद्धन मार्फत जिल्ला र देशकै मुहर फेर्न महोत्सबको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोप बहादुर वाइवा, नेकपा भक्तपुरका अध्यक्ष वचन देउजा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त नेता रविन्द्र प्रताप शाह, भक्तपुर पत्राकार महासंघका अध्यक्ष पुस्करराज बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

सो अवसारमा हेलीकम्टरबाट पुष्पबृष्टि र अतिशबाजी गरिनुका साथै नेपाली सेनाले कवाज प्रदर्शन गरेको थियो । सरकारले यो वर्ष २० लाख पर्यटक भित्र्याउने योजनाका साथ आजबाट भ्रमण वर्ष २०२० को शुभारम्भ भएको हो । यसै क्रममा आज ३ बजे दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारीक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्राधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ ।

प्रतिकृया