• ४ साउन २०८३, सोमबार
  • १:३१ बिहान

प्रहरी परिसर काठमाडौंद्धारा डेंगु नियन्त्रण र रोकथामका लागि अभियान शुरु

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ०१:२३

काठमाडौँ, देशभर डेंगुको महामारी फैलिएर जनजीवन आतंकित भएको बेलामा प्रहरी प्रधान कार्यालयले समूदाय—प्रहरी साझेदारी कार्यक्रम मार्फत समुदायमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूतिमात्रै नभई प्राकृतिक प्रकोप र विभिन्न रोगको महामारीबाट सर्वसाधारणलाई बचाउनु पनि नेपाल प्रहरीको उत्तरदायित्वभित्र पर्ने भएकोले प्रहरीले सो अभियान शुरु गरेको हो ।

प्रहरी प्रधान कार्यालयले गतवर्ष कात्तिक ११ गतेदेखि शुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गठित प्रहरी विद्यालय समन्वय समिति, प्रहरी—स्थानीय निकाय समन्वय समिति, प्रहरी—टोल समन्वय समिति लगायतलाई परिचालन गरि स्थानीयस्तरमा डेंगु रोगबारे सचेतना फैलाउने काम अघि बढाइएको छ भने नेपाल प्रहरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी मार्फत निःशुल्क स्वास्थ्य शिवीर सञ्चालन गर्ने काम शुरु गरिएको छ ।

Kamana Sewa

Classic Tech Desktop

डेंगु नियन्त्रण र रोकथामको साथै यसबारे जनचेतना फैलाउनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनैवटा जिल्लाका २९ वटै सामुदायीक प्रहरी सेवा केन्द्र र सामुदायीक प्रहरीलाई परिचालन गर्ने काम शुरु गरेको सो कार्यालयको सामुदायीक प्रहरी परिचालन शाखाका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले बताए ।

यता महानगरीय प्रहरी परिसर काठमाडौंले पनि काठमाडौंका विभिन्न ठाउँमा डेंगु रोकथाम अभियान शुरु गरिसकेको परिसरको सामुदायीक शाखाका प्रमुख, प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद पोखरेलले बताएका छन् । ‘आजदेखि काठमाडौंका ३२ वटै वडामा डेंगुरोगबारेका विभिन्न जनचेतनामूलक र रोकथामका कार्यक्रम शुरु गरिएको छ’—डिएसपि पोखरेलले भने ।

यसै सन्दर्भमा परिसर काठमाडौंको निर्देशन बमोजिम समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १४ कुलेश्वरका विभिन्न विद्यालयमा महानगरीय प्रहरी वृत्त कुलेश्वरको समन्वयमा सामुदायीक प्रहरी सेवा केन्द्र तथा सामुदायीक प्रहरीले डेंगु रोगबारे विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै जनचेतनामूलक पर्चारपम्प्लेट वितरण गरेका थिए भने ति विद्यालयहरुमा नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरुले विद्यार्थी र शिक्षकहरुको निःशुल्क स्वास्थ परिक्षण गरेको थियो ।

महानगरीय प्रहरी वृत्त कुलेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक रुगम बहादुर कुँवरको प्रमुख आतिथ्यता तथा सामुदायीक सेवा केन्द्र कुलेश्वरका अधयक्ष कृष्णगोपाल श्रेष्ठको सहभागितामा कुलेश्वर मावि, क्यामेलिया मावि, सेराफिम पब्लिक इंगलिस बोर्डिंग स्कुलमा ती दुबै कार्यक्रम सञ्चालन गरिएको थियो । तीनैवटा विद्यालयमा गठित प्रहरी विद्यालय समन्वय समितिका संयोजकहरु समेत रहेका ती विद्यालयका प्रिन्सिपलहरुले डेंगु रोगबारेको चेतनामुलक र निःशुल्क स्वास्थ्य शिवीरलाई नेपाल प्रहरीको सो कार्यलाई सघाएका थिए ।

प्रतिकृया