राजनीतिक नेतृत्व र सरकारले अब जनअपेक्षा अनुसार एक्सनमा जान ढिलो गर्ने हो भने अर्कोले रियाक्सन गर्छ : अध्यक्ष दाहाल
प्रकाशित मिति
२०७६ भाद्र १९ गते, बिहीबार ०२:३९

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनप्रतिनिधिहरुले ‘एक्सन’मा नजाने हो भने प्रतिगमनकारीले ‘रियाक्सन’ गर्ने खतरा देखिन थालेको बताउनु भएको छ ।
विहीबार काठमाडौँमा समता फाउण्डेशनले आयोजना गरेको तीनै तहका सरकार र संसदका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘हामी राजनीतिक नेतृत्व र सरकारले अब जनअपेक्षा अनुसार एक्सनमा जान ढिलो गर्ने हो भने अर्कोले रियाक्सन गर्छ । त्यो रियाक्सन राष्ट्रको लागि धेरै चर्को पर्न सक्छ ।’
उहाँले हालै प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकबाट सबै पार्टी प्रगितमनकारीविरुद्ध एकजुट रहेको सन्देश दिइएको समेत दावी गर्नुभयो । जनयुद्धमा दलित र सिमान्तकृत समुदायलाई नेतृत्वमा ल्याउन आफूले भूमिका खेले पनि परिवर्तनपछि उत्पीडित समुदायलाई अधिकार सम्पन्न बनाउन नसकेको पूर्वप्रधानमन्त्री प्रचण्डले स्वीकार गर्नुभयो ।
दुई दिनसम्म चल्ने भेलामा संघीय संसदका दुवै सदन, प्रदेशसभा, जिल्ला समन्वय समिति र स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुको सहभागिता रहने छ ।
प्रतिकृया