• 11:33 am

कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार ०२:२७

काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रम भएको छ । उहाँको उपचार अहिले काठमाडौंको धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा भैरहेको सचिवालयले जानकारी दिएको छ । उहाँलाई बुधबार अस्पताल भर्ना गरिएको हो ।

गत शुक्रबार मन्त्री खनाललाई ज्वरो आएको निहुँमा अस्पताल पुग्नु भएको थियो । काठमाडौंको टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा उहाँलाई डेंगुको संक्रमण भएको पुष्टि भएको हो ।

प्रतिकृया