• 1:07 pm

चलचित्र ‘रातो टीका निधारमा’को ट्रेलर रिलिज (ट्रेलर सहित)

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०५:२८

काठमाडौँ, चलचित्र ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रमा अभिनेत्री साम्राज्ञीले गाउँले युवतीको भूमिका निभाएकी छन् । चलचित्रमा साम्राज्ञी र भेट्रान निर्देशक अशोक शर्माका छोरा अंकितको मुख्य अभिनय रहेको छ ।

असोज १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा साम्राज्ञी र अंकितसँगै यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिकृया