• ३ साउन २०८३, आइतबार
  • ५:४० बेलुका

नेपाली कांग्रेस भक्तपुरको आर्थिक सहयोग || Big help from Nepali Congress Bhaktapur.

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०६:००

२०७६ बैशाख १६ गते सोमबारका दिन समाजसेवि बिष्णुराज कार्की र उहाँका जीवनसंङ्गीनि लक्ष्मी कार्की को २५ औं बैवाहिक वार्षिकोत्सब पुगेकोे अवसरमा ब्यबारिसे व्यवस्थापन तथा पूर्नजीवन केन्द्र संस्थालाई रु एक लाख एक (१,००,००१) रुपैया को चेक हस्तान्तरण गर्नुभएको थियो । समाजसेवि कार्कीले आफनो तर्फवाट र नेपाली कांग्रेस भक्तपुर जिल्लाको तर्फबाट सहयोग गर्न पाउदा एकदमै खुशि ब्यक्त गर्नुभएको थियो । उहाँले उक्त संस्थाले गरेको कार्यप्रति प्रशंशा गर्दै दृढताका साथ लागीपर्न र आगामी दिनमा आफनो तर्फ बाट थप सहयोग गर्ने भन्दै बेबारिसे मानब को उद्धार गर्नु नै धर्म रहेको प्रतिबद्धता जनाउनुभयो । समाजसेवि कार्कीले यस्तै धार्मीक,साँस्कृतिक तथा अन्य कार्यहरुमा सदैब सहयोग गर्दै आइरहनुभएको छ । रकम हस्तान्तरण कार्यक्रमका अतिथीको रुपमा रहनुभएका भक्तपुरका नेपाली कांग्रेस पार्टी सभापति र्दुलभ थापाले समाजसेवि बिष्णुराज कार्की र उहाँका जीवन संङ्गीनि लक्ष्मी कार्की लाई विवाहको २५ औं वार्षिक उत्सबको बधाईसँगै सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै बेबारिसे व्यवस्थापन तथा पूर्नजीवन केन्द्रलाई उत्कृष्ट केन्द्र बनाउने गरी यसमा आबद्ध सबै व्यवस्थापन समितिले आआफ्नो तर्फबाट जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिदै उक्त कामको उच्च कदर राख्दै खुशी प्रकट गर्नुभयो । ललितपुर महालक्ष्मी न.पा ७ मा अबस्थित बेबारिसे व्यवस्थापन तथा पूर्नजीवन केन्द्र संस्थाले ७७ जिल्लाको सडक तथा सार्बजनिक स्थानहरुमा अल्पत्र परेका अशक्त, अनाथ ,अपांग , मानसिक सन्तुलन गुमाएको महिला, बालबालिका, जेष्ठ नागरिकहरुलाई सडकबाट उद्धार गरि खाना, नाना, चना, स्वस्थ्य, सुरक्षा र शिक्षाको बन्दोबस्त गर्ने , परिवारजन फेला परे पारिबारिक पुनर्मिलन गराउने र पारिबारिक पुनर्मिलन हुन नसकेका सडक ब्यबारिसे मानबहरुलाई विभिन्न सिपहरु सिकाई आत्मनिर्भर बनाउने कार्य गर्दै आइ रहेको ब्यबारिसे व्यवस्थापन तथा पूर्नजीवन केन्द्रका संस्थापक विनय जंग बस्नेतले बताउनुभयो । यस संस्थाले बृद्ध आश्रममा गई लुगाफाटो बाढने, खाना खुवाउने ,बेसाहारा तथा बेबारिसे शवहरुलाई समेत अन्तेष्टि गर्ने आदि इत्यादि कार्य गर्दै आएको हो । आर्थिक संकट भएतापनि जसोतसो गरेर सहयोग गर्दै आएको संस्थापक बस्नेतले बताउनुभयो । उहाँले नेपाल अधिराज्यभरि नै यस कल्याण केन्द्रले ब्यबारिसेलाई संरक्षण गर्दै आएको बताउदै यस कार्यमा थप जोड दिदै अघि बढने बताउनुभयो । संस्थापक बस्नेतले ७७ वटै जिल्लामा ब्यबारिसे ब्यबस्थापनका लागी केहि रकम छुटाए पनि नपुगिरहेकाले दुख ब्यक्त गर्नुभयो। अन्तत संस्थापक बस्नेतले बेबारिसे तथा अशक्तलाई वासका लागी भवन निमार्ण भइरहेको जनाउनुभयो र उक्त भवन यहि बैशाख २१ गते उद्धघाटन हुने जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सचिव रामहरी न्यौपाने,तरुण दलका जिल्ला सदस्य सुमन कार्की साथै बिभिन्न संधसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Kamana Sewa

प्रतिकृया