• ३ साउन २०८३, आइतबार
  • ९:२४ बिहान

गायिका अन्जु श्रेष्ठको आवाज र अभिनयमा तिज गीत ‘भेलवेटको चोली’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७७ श्रावण २१ गते, बुधबार ०७:४०

काठमाडौं । गायिका अन्जु श्रेष्ठको यो बर्षको तिज गीत सार्वजनिक भएको छ । पत्रकार तथा गीतकार सुषमा देवकोटाको शब्द तथा गायक तथा संगीतकार राज सागरको संगीतमा रहेको ‘भेलबेटको चोली’ बोलको तिज गीत गायिका अन्जुको आवाज र अभिनयमा रोयल ईन्टरटेन्मेन्टको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

संजय हमालको संगीत संयोजन रहेको यस गीतमा अविवाहिता छोरीले विवाह गरेर जाँदा आफ्ना आमा बुवाले दुखाउने मन, संगै हुर्किएको भाई बुहारी ल्याएपछि परिवर्तन हुन्छ कि भन्ने पिरलो संगै राम्रो श्रीमान पाउनका लागि तिजको बर्त बस्ने गरेको सन्धर्वलाई उठान गरेको छ ।

Kamana Sewa

बिजेन महर्जनको निर्देशनमा निर्माण भएको भिडियोमा गायिका अन्जु श्रेष्ठ स्वयंको अभिनय रहेको छ भने उनि संगै एलिना तुलाधर, डिम्पल नगरकोटी, सविता श्रेष्ठ, कविता श्रेष्ठ, सोनु श्रेष्ठ, कञ्चन केसी, भिन्तुना महर्जन, लिजा महर्जन लगायतको आकर्षक नृत्य तथा अभिनय रहेको छ ।

Classic Tech Desktop

दिपी कुमार महर्जन, सम्राट महर्जन र गणेश भण्डारीको छायांकन तथा दिपमाला महर्जनको कोरियोग्राफी रहेको भिडियोको छायांकन किर्तिपुरको जय शुभकामना ब्यांक्यिुटमा छायांकन गरिएको हो ।

रातो साडी बोलको तिज गीत रेकर्ड गराएर नेपाली संगीत क्षेत्रमा प्रवेस गरेकी गायिका अन्जु श्रेष्ठका अघिल्ला बर्षहरुमा, रंगीयो तिजले, पिरती लाएको बर्ष बोलका गीत सार्वजनिक भएका छन् भने उनको अभिनयमा तिज गीत बजाएर चुरा पनि सार्वजनिक भएको छ ।

त्यस्तै उनको आवाज र अभिनयमा ढाका टोपी, खोजिरहेछु, गुँरास, आँखा बन्द, हाँसी हाँसी, शान्तिको दिप लगायका गीतहरु सार्वजनिक भएका छन् ।

प्रतिकृया