• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

महिला सांसदको भूमिका इतिहासमा स्मरण हुने गरी वृद्धि गरौं : उपसभामुख तुम्वाहाम्फे

प्रकाशित मिति

२०७६ भाद्र १० गते, मंगलवार ०३:१७

काठमाडौँ, प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले महिला सांसदहरुको भूमिका इतिहासमा स्मरण हुने गरी वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संसद सचिवालयले मंगलबार संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभामुख तुम्वाहाम्फेले संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदमा महिला माननीयहरुको भूमिका धेरै राम्रो छ, तर अझै वृद्धि गर्न जरुरी छ । यसरी भूमिका निर्वाह गर्नुहोस् कि भोलिका पुस्ताले पनि सम्झिऊन् ।’

Kamana Sewa

संविधान निर्माण हुनुभन्दा अगाडि र अहिलेको अवस्थाका फरक रहेको बताउँदै उहाँले अगामी अधिवेशनबाट महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने योजना बनाउन आग्रह गर्नुभयो । उहाँले सांसदहरुको महत्वपूर्ण जिम्मेवारी संसदीय गतिविधिमा सहभागी हुने भएको बताउँदै त्यसमा चुक्न नहुने उल्लेख गर्नुभयो । राष्ट्रिसभाकी उपाध्यक्ष शशिकला दाहालले शून्य समय, विशेष समयका विषय र शैलिलाई अधिकतम प्रयोग र सुधार गर्न पनि आग्रह गर्नुभयो ।

Classic Tech Desktop

कार्यक्रममा संविधानसभााका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान, संसदीय अभ्यासमा प्रभावकारी भूमिका, नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले कानुन निर्माणको संसदीय चरण र संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले संसदमा प्रश्नोत्तर, सैद्धान्तिक र व्यवहारिक पक्षबारे प्रस्तुति दिनुभएको थियो ।

प्रतिकृया