• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

वरिष्ठ तबलाबाधक रविनलाल श्रेष्ठको निधन

प्रकाशित मिति

२०७६ भाद्र १० गते, मंगलवार ०२:३६

काठमाण्डौ, वरिष्ठ तबलाबाधक रविनलाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार बिहान ११ बजे काठमाण्डौ भ्याली न्यूरो हस्पिटलमा निधन भएको हो ।

काठमाण्डौ पकनाजोलका श्रेष्ठ ३ वर्षदेखि ब्रेन ट्युमरको समस्याबाट ग्रसित हुनुहुथ्यो । उहाँको पार्थिव शरीरलाई दिउँसो १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने र ३ बजेपछि अन्त्यष्टि गरिने तबला बाधक बाबुराजा महर्जनले बताउनुभयो । उहाँको श्रीमती र १ छोरा हुनुहुन्छ ।

Kamana Sewa

प्रतिकृया