बालबिवाह गरे विद्यालयमा पढ्न नपाइने
प्रकाशित मिति
२०७६ श्रावण २९ गते, बुधबार १०:५०
सल्यान, बालविवाह गर्नेलाई जिल्लाको एक स्कुलमा प्रतिबन्ध लगाइएको छ। कम उमेरमै बिवाह गर्ने बढेपछि बालविवाह गर्नेलाई निषेध गरिएको हो। शिद्दकुमाख गाउँपालिकामा रहेको निराजन मावि ढोरचौरले विद्यालयमा अध्ययनरत बालबालिकाले बालबिवाह गरेमा विद्यालयमा पढ्न नपाइने गरी रोक लगाएको हो।
विद्यालयले बालविवाह सम्बन्धी थालेको अभियानले बालविवाह न्यूनिकरणमा केही हदसम्म मद्दत पुगेको विद्यालयमा अध्ययनरत विद्यार्थीले बताएका छन्। कक्षा १० मा अध्ययनरत छात्रा हुमा बुढाथोकीले विद्यालयमा बालविवाह निषेध गरेसँगै बालविवाहबाट पर्ने असरका बारेमा समेत शिक्षकले जानकारी दिने गरेको बताइन्। ‘बालविवाह गैह्रकानुनी बिवाह हो, यस विषयमा हामीलाई शिक्षकले राम्रोसँग जानकारी गराउनु भएको छ’ उनले भनिन्।
बालविवाहका कारण पर्ने असरका बारेमा सचेत गराउँदा समेत न्यूनिकरणमा कमी नआएपछि स्कुलमा प्रतिबन्ध लगाइएको विद्यालयले जनाएको छ। यसले गाउँमा बालविवाह न्यूनिकरण हुन थालेको स्थानीयको भनाइ छ।




प्रतिकृया