• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

संसद बैठक अवरुद्ध : संसदमा राजपा र कांग्रेसको नाराबाजी

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार १२:०८

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार पनि संसद बैठक अवरुद्ध गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकको शुरुमै कांग्रेस र राजपा सांसदहरु उठेर विरोध जनाएका हुन् ।

सभामुख कृष्णबहादुर महराले आजको कारवाही प्रारम्भ हुने बताउँदै गर्दा कांग्रेस र राजपाका सांसदहरु वेलमा आएका अवरोध गरेका हुन् । उनीहरुले निर्मलाका हत्यारालाई कारबाही गर, सर्लाही घटनाको संसदीय छानविन समिति गठन गर जस्ता नाराहरु लगाउँदै संसद अवरोध गरेका हुन् । उनीहरुले सोमबार पनि संसद अवरुद्ध गरेका थिए ।

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया