• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

लहानमा क्रेनमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार १२:३७

सिरहा, सिरहाको लहानमा क्रेनमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स२प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल लहान नगरपालिका–१२ का २३ वर्षीय चालक सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि घाइते चौधरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

Kamana Sewa

प्रतिकृया