• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

लैंगिक समानता पत्रकारिता पुरस्कार तीन पत्रकारलाई दिइने

प्रकाशित मिति

२०७६ श्रावण १० गते, शुक्रबार ०४:४५

काठमाडौं, नेपाल पत्रकार महासंघले यस वर्षको लैंगिक समानता पत्रकारिता पुरस्कार ३ पत्रकारलाई दिने निर्णय गरेको छ । पुरस्कार पाउनेहरुमा कञ्चनपुर (महेन्द्रनगर) स्थित कान्तिपुरकर्मी भवानी भट्ट, जनकपुरबाट एभिन्यूज टेलिभिजनका लागि काम गर्ने सुजितकुमार झा र हुम्लामा कार्णाली एफएममा कार्यरत तिलसरा वि.क.रहेका छन् ।

तीनै जना पत्रकारलाई ४०/४० हजार राशीको पुरस्कार तथा सम्मान पत्र प्रदान गरिने महासंघले जनाएको छ । अमेरिका बस्दै आएका काठमाडौंका अनिल पाण्डे अध्यक्ष रहेको मदरल्याण्ड, नेपाल संस्थाले उक्त पुरस्कारका लागि महासंघमा १० लाखको अक्षय कोष स्थापना गरिदिएका छन् ।

Kamana Sewa

प्रतिकृया