टानले गर्यो ‘रविन्द्र अधिकारी पर्यटन’ पुरस्कारको घोषणा
प्रकाशित मिति
२०७६ श्रावण १० गते, शुक्रबार ०४:५५
काठमाडौँ, ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान)ले यस वर्षबाट तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गिय रबिन्द्र अधिकारीको नाममा पर्यटन पुरस्कार स्थापन गरी वितरण गर्ने घोषणा गरिएको छ ।
उक्त संस्थाको वार्षिक साधारणसभामा सो पुरस्कार वितरण गरिने भएको छ । उक्त पुरस्कारको लागि छनोट समितिको सदस्यमा सदस्यहरुमा पर्यटन व्यवसायीहरु डम्बर पराजुली, पूर्ण चन्द्र भुसाल, ङावा ङिमा शेर्पा र शीतल चन्द्र धरेल रहनुभएको छ । मन्त्री अधिकारीसहित सात जना चढेको हेलिकप्टर को २०७५ साल फाल्गुण १५ गते ताप्लेजुङमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा हलिकप्टरमा सवार सातै जनाको दुःखद् निधन भएको थियो । सोही सम्झनामा टानले रविन्द्र अधिकारी पर्यटन पुरस्कार दिने घोषणा गरेको हो ।

टानले वितरण गर्ने पुरस्कारहरु मा स्वर्गिय रबिन्द्र अधिकारी पर्यटन पुरस्कार ६० हजार, टान पत्रकारिता पुरस्कार २५–२५ हजारको २ जना , टान डा। हर्क गुरुङ पुरस्कार ५० हजार, टान पासाङ ल्हामु पुरस्कार ५० हजार र टान पेम्बा डोमा पुरस्कार १५ हजार रहेको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।





प्रतिकृया