• ४ साउन २०८३, सोमबार
  • १:५६ बिहान

नेपाली कांग्रेसले गर्यो प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रकाशित मिति

२०७६ श्रावण ८ गते, बुधबार ०४:५४

काठमाडौं, बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार एवं राहतबारे छलफल गर्न नेपाली कांग्रेसले संयुक्त रुपमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । आज नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले उक्त प्रस्ताव दर्ता गराउनु भएको हो ।

प्रस्तावमा राजपा सांसद राजकिशोर यादव र कांग्रेस सांसद पुष्पा भुसालले समर्थन जनाउनु भएको छ। वर्षाबाट मुलुकभरी भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकोले प्रस्ताव दर्ता गरिएको उल्लेख गरिएको छ ।

Kamana Sewa

नेपाली कांग्रेस संसदीय दलले पनि विषम विपदको अवस्थामा संसदमा छलफल गर्न संसदको अन्य विषयलाई स्थगन गरी जरुरी सार्वजनिक महत्वको प्रस्ताव अगाडी बढाउन गरेको प्रयासलाई सत्ता पक्षले सकारात्मक रुपले नलिएको बताउँदै बुधबार बस्ने संसदको कार्यसूचीबाट अन्य विषय हटाई अविरल वर्षा, बाढी पहिरो, जल डुवानबाट उत्पन्न विपदका बारेमा छलफल गर्न नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले जरुरी सार्वजनिक महत्व प्रस्ताव प्रस्तुत गरेको बताएको छ ।

Classic Tech Desktop

प्रतिकृया