• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

मोवाइल लगायत विभिन्न सामान चोरी गर्ने ३ युवक धादिङबाट पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ८ गते, बुधबार ०५:०९

काठमाडौं, धादिङमा मोवाइल लगायत विभिन्न सामान चोरी गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेकामा धादिङ निलकण्ठ नगरपालिका—४ बस्ने २० वर्षीय सुजन ठकुरी, १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षीय निशान सुन्दास रहेका छन् ।

गत असार ९ गते धादिङ निलकण्ठ नगरपालिका—३ एमाले चोक स्थित बस्ने चोक नारायण श्रेष्ठले आफ्नो डेरा कोठाबाट क्बmकगलन व्ठ र नगद समेत चोरी भएको भनि जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिए पश्चात खोजतलास गर्ने क्रममा उनीहरु हिजो (मंगलबार) पक्राउ परेका हुन् ।

Kamana Sewa

धादिङ निल्कण्ठ नगरपालिका—३ एमाले चोक स्थित निशान सुन्दासको कोठा खानतलासी गर्दा उनको कोठामा चोरी गरी ल्याएको निम्न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । उनीहरु तिनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया