• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

निर्माता छवि र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित मिति

२०७६ श्रावण ८ गते, बुधबार ०५:१७

काठमाडौं, जिल्ला अदालत काठमाडौंद्वारा निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । छविकी पहिली श्रीमती हेमा ओझाले उनीहरुविरुद्ध बहुविवाहको मुद्दा दर्ता गराएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको काठमाडौं जिल्ला अदालतको मुद्दा फाटका अधिकृत टीकासिंह खत्रीले बताउनु भएको छ ।

हेमाले छविसहित छविकी कान्छी पत्नी शिल्पा पोखरेललाई पनि विपक्षी बनाउनु भएको छ । आफुसँगको सम्बन्ध नतोडिकन शिल्पालाई घर भित्र्याएको भन्दै हेमाले आइतबार प्रहरी परिसर गौशालामा बहुविवाहको मुद्दा दर्ता गर्नु भएको थियो ।

Kamana Sewa

यदि जेठी पत्नी हेमाको पक्षमा फैसला भयो भने बहुविवाहको कानुनअनुरूप छवि र शिल्पालाई एकदेखि पाँच वर्षसम्म जेल सजाय र १० देखि ५० हजारसम्म जरिवाना हुन सक्छ। छविकी पत्नी हेमाबाट दुई छोरा राजीव र महेश छन्। छविकी अर्की पत्नी गीताञ्जली सुनुवारतर्फ भने एक छोरा साकार ओझा रहेका छन् । महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको जानकारी आएको तर पत्र भने अहिलेसम्म प्राप्त नभएको बताउनु भएको छ ।

Classic Tech Desktop

प्रतिकृया