विप्लव समूह नियन्त्रणको नीतिबाटै वार्तामा आउँछ: गृहमन्त्री थापा
प्रकाशित मिति
२०७६ श्रावण ७ गते, मंगलवार ०३:२२
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले बादलले नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रण गरेर देशमा शान्ति कायम गर्ने तथा उक्त समूह वार्तामा आउने बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले विभिन्न संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नका लागि विप्लव समूह चुनौती बन्दै गएको बताउनुभयो । गृहमन्त्री थापाले भननुभयो, ‘‘उनीहरुसँग वार्ता गर्न सरकार तयार छ । शान्तिपूर्ण रुपमा सबै समस्याको हल खोज्न सकिन्छ तर उनीहरु वार्ताका लागि तयार भएजस्तो लाग्दैन ।’’
गृहमन्त्रालयको काम देशमा शान्ति सुरक्षा कायम गर्नु रहेको बताउँदै उहाँले भन्नुभयो, ‘गृहमन्त्रालयको मुख्य काम शान्ति सुरक्षा कायम गर्दै लोकतन्त्रको रक्षा गर्ने हो। हामी शान्ति सुरक्षा कायम गर्न मूलभूत रूपमा सफल भएका छौँ, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिवेदनले पनि त्यही बोलेका छन् । पूर्ण शान्ति छ भन्नेमा हामी पनि सहमत छैनौ। तर हाम्रो मान्यता भनेको राजनीतिक स्थायित्व हुनुपर्छ ।’

वार्ता र नियन्त्रणको नीति सरकारले लिएको बताउँदै गृहमन्त्री थापाले नियन्त्रणको नीतिबाटै विप्लव समूह वार्तामा आउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘कानुनले, संविधानले विध्वंशात्मक गतिविधिलाई छुट दिन भन्दैन, नियन्त्रण नै गर्नुपर्छ भन्छ ।’’





प्रतिकृया