• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

चन्दा असुल गर्ने दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ७ गते, मंगलवार ०३:१३

म्याग्दी, बेनी नगरपालिका—३ भकिम्ली नयाँपुलबाट जबरजस्ती चन्दा असुल गर्ने तथा आगजनीमा संलग्न २ जना पक्राउ परेका छन् । स्थानिय तहमा निर्वाचित पदाधिकारीहरुलाई धम्क्याई जबरजस्ती चन्दा असुल गर्ने तथा म्याग्दी जिल्ला स्थित रहेका ५ वटा एनसेल टावरमा भएको आगजनीमासमेत संलग्न रहेको भन्दै उनीहरुलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रुकुमका ४२ वर्षीय कमान सिंह नकाल क्षेत्री र बाग्लुङका ४८ वर्षीय बाबुलाल शाक्य रहेका छन् । उनीहरुको साथबाट ध१प२१७० नम्बरको मोटरसाइकल र ३ थान मोवाइलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया