• ४ साउन २०८३, सोमबार
  • १:१७ बिहान

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सम्पन्न

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०३:०२

काठमाडौं, नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर ललितपुरमा बैठक सम्पन्न भएको हो ।

बैठकले ७ वटै प्रदेशका १२ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम श्रावण १६ गतेदेखि संचालन गर्ने, डा.जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समितिको गठन, तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन लगायतका ५ निर्णय गरिएको प्रतिष्ठानका सदस्य योगराज शर्मा कँडेलले जानकारी दिनु भयो।

Kamana Sewa

साथै बैठकमा गणतन्त्र दिवस कार्यक्रम २०७६ जेठ १४ देखि १६ सम्मको समीक्षात्मक जानकारी, नेपाली जनसम्पर्क समितिका सदस्यहरुका लागि पहिलो विश्वस्तरीय प्रशिक्षण डेनमार्क असार ६ देखि ७ सम्मको जानकारी तथा समिक्षा, प्रशिक्षक प्रशिक्षा बारे समीक्षा, नीति तथा अनुसन्धानका सन्दर्भमा विषयहरुको छनोट, गाउँपालिका अध्यक्षा उपाध्यक्ष भेला र प्रशिक्षणको मोडालिटी, निर्देशिका निर्माण, भातृ संस्थाहरुका लागि प्रशिक्षण एवं समन्वय लगायतका विविध १३ विषयमा रहेर छलफल गरिएको शर्माको भनाई थियो ।

Classic Tech Desktop

प्रतिकृया