• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

कांग्रेस र जनमोर्चाका ७ दर्जन भन्दा बढी नेता कार्यकर्ताले गरे नेकपामा प्रवेश

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार ०२:१०

प्युठान,प्युठानमा नेपाली कांग्रेससहित राष्ट्रिय जनमोर्चाका ७ दर्जन भन्दा बढी नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

मंगलबार प्रेस सेन्टर नेपाल जिल्ला शाखा र प्रेस चौतारी नेपाल जिल्ला शाखा ‘प्युठान’ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले फूलमालासहित स्वागत गरि उनीहरुलाई पार्टी प्रवेश गराउनु भएको थियो ।
स्थायी कमिटि सदस्य थापाले उनीहरुलाई पार्टीमा स्वागत गर्दै यो सकारात्मक सन्देश भएको बताउनु भयो ।

Kamana Sewa

प्रतिकृया