• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

पचास हजार घूससहित इञ्जिनियर पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार ०१:५१

काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीका इञ्जिनियरलाई ५० हजार घूससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनियर रामजी बाबु यादव रहेका छन् । सेवाग्राहीबाट घूस लिएका यादवलाई उक्त घूससहित शुक्रबार मलंगवाको अशोका होटलबाट नियन्त्रणमा लिएको हो।

विद्युत जडान गर्ने कार्यको प्राविधिक मूल्यांकनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घूस माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो ।

Kamana Sewa

प्रतिकृया