• २३ भदौ २०८३, मंगलबार
  • ११ः०६ बिहान

‘फेसएप’ प्रयोगकर्ताहरु सावधान, व्यक्तिगत ‘डेटा’ चोरी हुन सक्छ

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार ०२:५७

एजेन्सी, अहिले सामाजिक सञ्जालमा अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे सबैतिर चर्चा भइरहेको छ। उक्त एप प्रयोग गरेर प्राप्त परिणाम हजारौँ मानिसले सामाजिक सञ्जालमार्फत्‌ सार्वजनिक गरिरहेका छन्। पछिल्ला केही दिनदेखि चर्चामा रहेको उक्त एपबारे कतिपयले भने चिन्ता व्यक्त गरेका छन्।

National Life

उनीहरू एप निर्माण गरेको कम्पनीले प्रयोगकर्ताहरूको ‘डेटा’प्रति त्यति धेरै सतर्कता नअपनाएको बताउने गरेका छन्।
तर फेसएपले भने एउटा विज्ञप्ति जारी गर्दै प्रायः तस्बिर‘अप्लोड’ भएको ४८ घण्टापछि आफ्नो सर्भरबाट हटाइने गरेको बताएको छ। उक्त कम्पनीले प्रयोगकर्ताहरूले सम्पादन गर्न चाहेको तस्बिर मात्र आफूहरूले ‘अप्लोड’गर्ने गरेको बताएको छ।

फेसएप के हो?

Classic Tech Mobile
Classic Tech Desktop

फेसएप नयाँ एप भने होइन। दुई वर्षअघि ‘जातीयतासम्बन्धी फिल्टर’ ल्याएसँगै यो एप चर्चामा आएको थियो। उक्त एपले कुनै निश्चित जातीय समूहका मानिसको अनुहार अर्को जातीय समूहमा परिवर्तन गर्ने प्रयत्न गर्थ्यो। तर त्यो विशेषताबारे नकारात्मक प्रतिक्रिया आएपछि कम्पनी उक्त एपबाट पछि हटेको थियो।

फेसएपले भने रिसको भाव झल्केको अनुहारलाई हँसिलो वा अन्य कुनै भावमा परिणत गर्न सक्छ। र, यसले प्रयोगकर्ताको तस्बिरमा रहेको शृङ्गार शैलीमा पनि परिवर्तन ल्याइदिन सक्छ।

र, यो सब आर्टफिशल इन्टेलिजेन्स (एआई) को सहयोगले गरिन्छ। त्यस्तो कार्य एल्गोरिदमको प्रयोगमार्फत्‌ हुन्छ। जसले गर्दा कसैको मुहारमा हाँसो वा अन्य कुनै भाव प्राकृतिकजस्तै देखिने गरी प्राप्त गर्न सकिन्छ।

समस्या
एप निर्माता जोसुहा नोज्जीले ट्वीट गर्दै फेसएपले सर्वसाधारणको स्मार्टफोनबाट अनुमति नै नमागी ‘अप्लोड’ गर्ने गरेको बताएपछि सुरक्षा र विश्वसनीयताबारे गम्भीर प्रश्नहरू उठेका थिए। तर एक फ्रान्सेली साइबर सुरक्षा अनुसन्धानकर्ताले भने उक्त दाबीबारे अध्ययन गर्दै त्यस्तो अवस्था नरहेको पत्ता लगाएका छन्। उनको अनुसन्धानले फेसएपले प्रयोगकर्ताहरूले चाहेको तस्बिर मात्र लिने गरेको फेला पारेको थियो। फेसएपले पनि आफूहरूले प्रयोगकर्ताहरूले पेस गरेको तस्बिर मात्र लिने गरेको बताएको छ।

अन्य कतिपयले भने फेसएपले प्रयोगर्ताहरूको तस्बिरको ‘डेटा’प्रयोग गरेर अनुहार पहिचान गर्ने एल्गरिदमलाई थप विकसित गर्न प्रयोग गरेको हुन सक्ने शङ्का गरेका छन्। र, यो भने तस्बिर हटाइए पनि गर्न सकिन्छ।

‘हामी फेशल रिकग्निशन ट्रेनिङ अर्थात् अनुहार पहिचान गर्नका लागि तस्बिरहरू प्रयोग गर्दैनौँ,’ फेसएपका प्रमुख कार्यकारी अधिकृत यारोस्लाभ गोन्चारोभले भनेका छन्, ‘तस्बिर सम्पादन गर्नका लागि मात्रै गर्छौँ।’

फेसएपले तस्बिर सम्पादन मात्र गर्ने भए प्रयोगकर्ताहरूको तस्बिर ‘क्लाउड’ मा किन ‘अप्लोड’गर्छ भनेर कतिपयले प्रश्न तेर्स्याएका छन्।
फेसएपले प्रयोगकर्ताहरूको तस्बिर भण्डारण गर्ने सर्भर अमेरिकामा राखिएको छ। फेसएप आफैँमा भने रुसी कम्पनी हो।

के प्रयोगकर्ताहरू यसबारे थाहा छ त?

केहीको हकमा भने यो सबैभन्दा महत्त्वपूर्ण विषय हो। गोपनीयतासम्बन्धी अभियानकर्ता प्याट वाल्शले उक्त एपका गोपनीयतासम्बन्धी नीतिका केही शब्दप्रति टिप्पणी गरेका छन् जसमा प्रयोगकर्ताको ‘डेटा’ विज्ञापनका लागि पछ्याइन सक्ने बताइएको छ। उक्त एप गुगल एडमोबसँग जोडिएको छ जसले प्रयोगकर्तालाई गुगल ‘एड’ अर्थात् विज्ञापन प्रस्तुत गर्छ। बीबीसी

प्रतिकृया