• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

एन प्याब्सनको कविता वाचन प्रतियोगिता सम्पन्न, मिलन धमेल भए प्रथम

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार ०५:४८

काठमाण्डौ, विगत लामो समयदेखी भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा मनाउदै आएको राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसियन नेपाल (एन प्याब्सन) काठमाडौले आयोजना गरेको जिल्लाब्यापी कविता वाचन प्रतियोगितामा पाणिनी स्कुलका मिलन धमेल प्रथम , महाकवि देवकोट स्कुलका स्पेश पौडेल द्धितिय, कान्तीपुर इङ्लिश बोडिङ्ग स्कुलका जस्नीन गिरी तृतिय र ग्रिनफिल्ड एकेडेमीका सुस्मीता सापकोट चौथा हुनु भएको छ ।

उक्त प्रतियोगितामा ३४ बिद्यालयका करिब ६० जना विद्यार्थीहरुको सहभगिता रहेको थियो । प्रतियोगिताका निर्णायक चिन्तामणी भट्टराई र बलराम दाहाल हुनुहुन्थ्यो । काठमाण्डौ एन प्याब्सनका अध्यक्ष बिष्णु पराजुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संयोजन प्रेम कुमार भुजेलले गर्नुभएको थियो।आयोजक एन प्याब्सनले प्रथम ,दित्तिय,तृतीय र सान्त्वना लाई प्रमाणपत्र,शिल्ड र नगद पुरस्कार प्रमुख अथिती साहित्यकार भुपाल राईको हात बाट प्रदान गरिएको थियो।

Kamana Sewa

Classic Tech Desktop

 

 

 

 

 

 

प्रतिकृया