• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

विश्वकप क्रिकेटः उपाधि र ४० लाख डलर  इंग्ल्याण्डलाई

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार ०६:४०

एजेन्सीः आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले प्राप्त गर्न सफल भएको छ । फाइनल खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको हो ।
लण्डनमा हिजो भएको फाइनल खेलमा इंग्ल्याण्डले घरेलु मैदानमा सम्पन्न विश्वकपको उपाधिसँगै ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । जुन पुरस्कार अहिलेसम्म कै सर्वा्धिक रकम हो ।

यस्तै उपविजेता बनेको न्युजिल्याण्डले २० लाख अमेरिकी डलर प्राप्त गरेको छ । यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोली अष्ट्रेलिया र भारतले ८ र ८ लाख डलर प्राप्त गरेको छ ।

Kamana Sewa

प्रतिकृया