बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो, क्षतीको आधारमा पुनर्निर्माणको तयारी हुदै
प्रकाशित मिति
२०७६ असार ३० गते, सोमबार ०७:०५
काठमाडौ, अविरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ। बिहीबारदेखि आएको बाढी पहिरोका कारण २६ जना बेपत्ता भएका छन् भने ३८ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयको बेलुकी साढे ४ बजेको अपडेटअनुसार बाढी पहिरोमा फसेका १ हजार ४४४ जनाको उद्धार गरिएको छ ।
सरकारले बाढी, पहिरो र डुबानको क्षति विवरण तयार गरी त्यसको आधारमा पुनःस्थापना र पुनर्निर्माणको कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्षतिको विवरण गृह मन्त्रालयले तयार गरिरहेको जनाइएको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको आकस्मिक बैठकले क्षतिको विवरण तयार गरी पुनःस्थापना र पुनर्निर्माणको काम गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले घाइतेको उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएको छ। ‘घाइते भई अपांगता भएका र मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्ने,’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ। सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालन गरी राहत कार्यक्रम तदारुकतासाथ सञ्चालन गर्ने निर्णय गरीएको छ ।






प्रतिकृया