• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

विप्लव इन्चार्ज पौडेल दोहोरो भिडन्तमै मारिएका हुन: मन्त्री थापा

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०३:१६

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेल दोहोरो भिडन्तमा नै उनको मृत्यु भएको बताउनु भयो ।आज प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री थापाले मुठभेडमै मारिएको भन्दै कुमार पौडेलले मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाहीका क्रममा उनको मृत्यु भएको बताउनु भयो ।

मन्त्री थापाले राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि त्यही देखाएको बताउदै थापाले भने, ‘सर्लाहीमा विप्लव समूहले आतंक फैलाएको, स्थानीय जनप्रतिनिलाई राजीनामा दिन धम्की दिएको, भौतिक पूर्वाधारहरु क्षति गर्ने गरेको लगायतका काम विप्लव समूहले गरिरहेका थिए ।’ ‘त्यही क्रममा प्रहरीसँग जम्काभेट हुँदा प्रहरीलाई लक्षित गरेर गोली चलाएर भाग्ने क्रममा प्रहरीको गोली लागेर पौडेलको मृत्यु भयो ।’

Kamana Sewa

प्रतिकृया