• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

नेपालले जित्यो एसिसी यू–१९ क्रिकेटको उपाधि, एसिया कपमा छनोट

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०३:३०

भक्तपुर,एसीसी यु–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलवार हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि हात पारेको हो । हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर रित गौतमलाई १३ तथा पवन सर्राफले ३९ रनको योगदान गरे ।

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन जोडेको थियो । हङकङका लागि आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड भने रौनक कपुरले १२ रन बनाए । बलिङतर्फ सागर ढकाल एक्लैले पाँच विकेट लिए । यससँगै नेपाल यु–१९ एसिया कपमा छनोट भएको छ ।

Kamana Sewa

प्रतिकृया