• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

प्रहरी जवान पदको नतिजा सार्वजनिक

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०३:४९

काठमाडौं, नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न खोलिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पूर्ण परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको अन्तिम नतिजा सोमबार प्रकाशित गरिएको हो।

नतिजा अनुसार कुल ५ हजार ६ सय ९८ जना उत्तीर्ण भएका छन् । तीमध्ये खुल्लातर्फ ३ हजार ७ सय ५४, महिलातर्फ ५ सय ५ जना, आदिवासी जनजातितर्फ ५ सय ४० जना, मधेसीतर्फ ४ सय ९८ जना, दलिततर्फ २ सय ७५ जना, पिछडिएको क्षेत्रतर्फ १ सय २१ जना र अमररअशक्त प्रहरी परिवारतर्फ ५ जना रहेका छन् । कुल उत्तीर्णमध्ये जम्मा ८ सय महिला र ४ हजार ८ सय ९८ पुरुष रहेका छन् । प्रतियोगितामा जम्मा ४१ हजार ८ सय ७१ जनाले दरखास्त दिएका थिए ।

Kamana Sewa

साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लगि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक कागजात सहित २०७६ साउन १ गते बुधबार सम्बन्धित परीक्षा केन्द्रमा सम्पर्क राख्न सूचित गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले जनाकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया