शिक्षाशास्त्र विषय पढ्न,विद्यार्थीको बाध्यता
प्रकाशित मिति
२०७६ असार २४ गते, मंगलवार ०४:१७
भक्तपुर, राज्यको अदूरदर्शी नीतिका कारण कक्षा ११को शिक्षाशास्त्र विषयमा कमजोर विद्यार्थीहरूको भीड लाग्ने गरेको छ। शिक्षाशास्त्रमा भर्ना भएका कमजोर विद्यार्थीहरूबाटै भविष्यमा शिक्षण गराइँदा नेपालको विद्यालय शिक्षा कमजोर बन्नेतर्फ शिक्षाविज्ञहरूमा गम्भीर चिन्ता बढेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा न्यूनतम १.६ समग्र स्तरीकृत अंक (जीपीए) ल्याई अङ्ग्रेजी, नेपाली, विज्ञान र सामाजिक शिक्षामा डीप्लस ल्याउनुपर्ने भएपनि बाँकी विषयमा डी वा ई ल्याएकाले शिक्षाशास्त्र विषय अध्ययन गर्न पाइने व्यवस्था छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७५ सालमा एक लाख २६ हजार २७७ र २०७६ सालमा एक लाख २२ हजार ५७७ परीक्षार्थीले शिक्षाशास्त्र विषयमा कक्षा ११ को परीक्षा दिएका थिए । बोर्डका अनुसार यसवर्ष कक्षा ११ मा विज्ञान विषयमा ५३ हजार २१७ जनाले, कानुन विषयमा एक हजार ४९२ जनाले, मानविकीमा १९ हजार ६२० जनाले र व्यवस्थापनमा एक लाख ४४ हजार २०८ जनाले परीक्षा दिएका थिए ।

शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलले विदेशमा कमजोर नतिजा ल्याएकाले शिक्षाशास्त्र विषयमा अध्ययनका लागि भर्ना पाउँदैनन् भन्दै भन्नु भयो, ‘कक्षा १२ पूरा गरेका शिक्षकले प्राथमिक तहका विद्यार्थीलाई अध्यापन गर्नुपर्ने भएकाले त्यो तहमा अध्यापन गर्ने शिक्षक अब्बल हुनै पर्दछ । एसईईमा अब्बल नतिजा ल्याएकालाई कक्षा ११ मा भर्ना गर्न सकिएन भने प्राथमिक शिक्षा कमजोर हुने निश्चित छ । शिक्षक तयार गर्ने प्रारम्भिक प्रक्रिया नै गलत छ ।’





प्रतिकृया