भक्तपुरको ख्वप कलेजमा कानुन र न्याय संकायमा पनि पढाई हुने
प्रकाशित मिति
२०७६ असार १६ गते, सोमबार ११:३७
ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरमा यसवर्षदेखि कानुन र न्याय संकायमा पनि पढाई हुने भएको छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित यो स्कुल २०५६ सालमा स्थापना भएको हो । स्थानीय निकायबाट सञ्चालित यो देशकै एउटै मात्रै स्कुल हो ।
हालसम्म विज्ञान, व्यवस्थापन, मानबिकी र शिक्षाशाश्त्र संकायमा मात्रै अध्ययन अध्यापन गराइरहेको विद्यालयले शैक्षिक सत्र २०७६ कानुन र न्याय संकायमा पनि पठनपाठन सुरु गर्न लागेको हो ।विद्यालयका सहायक प्राचार्य विष्णुप्रसाद किसीले कानुन र न्यायको महत्वलाई आत्मसाथ गरी यो वर्षदेखि छुटै संकायको रुपमा यसको पठनपाठन सुरु गर्न लागेको जनाए ।यो संकाय अन्तगर्त कक्षा ११ मा पाँंच वटा विशेष रहेका छन् ।

कक्षा ११ मा अंग्रेजी र नेपाली अनिवार्य विषयका रुपमा रहेका छन् । अन्य तीन वटा विषयहरुमा जनरल प्रिन्सिपल एण्ड थ्योरिज अफ ल, नेपलिज लिगल सिस्टम र कन्ष्ट्च्यिुसनल ल एण्ड नेपलिज कन्ष्टिच्युशन रहेका छन् ।

पाँंच वटा संकाय अध्ययन अध्यायपन गराउन लागिएको सम्भबत यो भक्तपुरको पहिलो विद्यालय हो ।मानविकी संकायमै ऐच्छिक विषयको रुपमा कानुन र न्यास पढ्न सकिने भए पनि विशेष पढाईका लागि छुटै संकायको रुपमा पठनपाठन गराउन लागिएको किसीले बताए ।
साथै कक्षा १२ मा अनिवार्य विषयको रुपमा अंग्रेजी एउटा मात्रै रहेका छन् । बाँंकी चार वटा विषयहरुमा लिगल ड्राफ्टिग, प्रोसिड्युरल ल, सिभिल ल एण्ड जस्ष्टिस एण्ड क्रिमिनल ल एण्ड जस्ष्टिस् र ह्युम राइट रहेका छन् ।




प्रतिकृया