• २१ भदौ २०८३, आइतबार
  • ८ः४४ राती

वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ११:४६

वदैशिक रोजगार ठगी मुद्दामा सर्वाच्च अदालतको २०७५ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार प्रतिवादी पाल्पा खानीगाउँकी ५८ वर्षीया टिका कुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको   छ ।
वैदेशिक रोजगार ब्यबसाय संचालन गर्ने ईजाजतपत्र वेगरनै वैदेशिक रोजगारका लागि साईप्रस पठाईदिने भन्दै रकम ठगी गरी फरार रहेकी थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले महाराजगंज काठमाडौंबाट पक्राउ गरेको हो ।
थापालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको छ

National Life

प्रतिकृया